Skip to content

डिएसपी ठगबहादुर केसीलाई ३५ तोला सुन लुटपाट प्रकरणमा कारबाही सिफारिस

पोखरा। ३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीलाई कारबाही सिफारिस भएको छ । एसएसपी चन्द्रकुबेर खापुङ नेतृत्वको छानबिन समितिले आइतबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै डिएसपी केसीको गल्ती औँल्याएको हो ।

गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो । सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखेको छानबिन समितिको निष्कर्ष छ ।

डिएसपी ठगबहादुरले बुटवलकै एक सुन पसलेबाट तस्करीको आरोपमा सो सुन बरामद गरेका थिए । अवैध भएको पुष्टि भए राजश्व तथा कार्यालय बुझाउनुपर्ने तथा वैध देखिए सम्बन्धित व्यक्तिलाई नै बुझाउनुपर्नेमा उनले आफैँसँग राखेकाले बदनियत देखिएको हो ।

हाल निलम्बनमा रहेका केसीलाई कानुनअनुसार कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । उनीमाथि सोही घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर