Skip to content

बैकको ब्याजदर एक अंकमा झार्न प्रधानमन्त्रीको निर्देशन

प्रचण्ड

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक ब्याजदर एकल अङ्कमा ल्याउन निर्देशन दिएका छन् । हिजो नेपाल निर्माण व्यवसायी महासङ्घले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेपाल राष्ट्र बैंक र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘मौद्रिक नीतिले बैंकको ब्याजदर बढेकाले यस्तो ब्याजदरलाई कसरी एकल अङ्कमा ल्याउने भन्ने विषयमा समेत केन्द्रीय बैंक र सम्बद्ध पदाधिकारीलाई अवश्यका निर्देशन दिइसकेको छु ।’ यस्तै, प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सकसमा रहेपनि आत्तिइहाल्नुपर्ने अवस्थामा नरहेको बताए ।

‘आर्थिक स्थिति आत्तिइहाल्नुपर्ने स्थिति पनि छैन । गत वर्ष विदेशी मुद्राको सञ्चितमा ह्रास आउँदा देश आर्थिक सङ्कटको भुमरीमा पर्ने होकि भन्ने चिन्ता थियो,’ प्रचण्डले भने, ‘छिमेकका केही मुलुकहरू वैदेशिक मुद्राको सञ्चिती घट्दा आर्थिकरुपमा टाट पल्टेका छन् ।’ हाल नेपालसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर