Skip to content

ठोस परिस्थितिको ठोस निर्णय

`कम्युनिष्ट क्रान्तिकारीहरु´ले अन्तरविरोधको पहिचान र सेटिङ्ग अत्यन्तै सहि तरिकाले गर्नुपर्दछ।माओवादी आन्दोलन `जनयुद्ध´ हुँदै `संबिधानसभा´ मार्फत गणतन्त्र सम्म आइपुग्नुमा तात्कालिन नेकपा (माओवादी ) ले उतिबेलाको `अन्तरविरोध´लाई सहि ढंगले सेटिङ्ग गर्न सक्नुको करामत थियो।अब पनि `माओवादी आन्दोलन´ले `अन्तरविरोध´को सेटिङ्ग सहि ढंगले गर्न सक्नुपर्दछ।आगामी समयमा पनि `माओवादी आन्दोलन´ले अन्तरविरोधको सेटिङ्ग सहि ढंगले गर्न सकेन भने `माओवादी आन्दोलन´को `काल´ तुरुन्तै आइपुगिहाल्छ।`माओवादी आन्दोलन´लाई दिर्घजिवी बनाउने हो भने राजनीतिक अन्तरविरोधको सेटिङ्ग सहि ढंगले गरौं।अन्तरविरोधको सहि सेटिङ्ग भनेको `ठुलो दुश्मन´ सामुन्नेमा आएको बेलामा `साना दुश्मन´हरु सबैलाई कि त अस्थायी मित्र बनाउनु पर्दछ कि त उनीहरुलाई `ठुलो दुश्मन´सँग मिल्न नदिने रणनीति लिँदै `तटस्थ´ राख्न सक्नु पर्दछ।`जनयुद्ध´कालीन मुद्दा मार्फत प्रचण्ड लगायत हिजो माओवादी आन्दोलनमा सहभागी नेता/कार्यकर्तालाई तर्साउनु भनेको `ठुलो दुश्मन´ को `भयानक षड्यन्त्र´ हो।`ठुलो दुश्मन´ को `भयानक षड्यन्त्र´ सामुन्ने आएको अहिलेको अवस्था हाम्रो देशका लागी एकदमै `नयाँ परिस्थिति´ हो।`लेनिनवाद´ को जिउँदो जाग्दो आत्मा भनेकै `ठोस परिस्थिति को ठोस निर्णय´ हो।त्यसकारण हामी सबै (८ माओवादी घटकहरु) एक पटक `लेनिनवादी´ बनौं(मैले यहाँ पार्टी एकताको आह्वान गर्न खोजेको होइन बढीमा रणनैतिक मोर्चा बनाउन सकिन्छ मात्र भन्न खोजेको हुँ)। र `ठोस परिस्थितिको ठोस निर्णय´ गरौं।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर