Skip to content

२०८० सालमा देशभर कति छ त सार्वजनिक विदा

पोखरा। सरकारले २०८० विदा राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित सूचीअनुसार २०८० सालमा ३५ दिन देशभर लागू हुनेगरी सार्वजनिक विदा दिइएको छ ।सरकारले बिहीबार राजपत्रमा विभिन्न चाडपर्व, दिवश र जन्मजयन्तीलगायतका सार्वजनिक विदाबारे सूचना प्रकाशित गरेको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

सरकारले २७ पुसमा ‘पृथ्वी जयन्ती’ र १ फागुनमा ‘जनयुद्ध दिवश’मा पनि सार्वजनिक विदा दिएको छ । देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ ।यस्तै, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

साथै, कार्यालयमा हाजिर हुने समय र छुट्ने समय पनि सरकारले निर्धारण गरेको छ । वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेम्म कार्यालय समय हुने उल्लेख छ ।

यस्तै, कात्तिक १६ देखि १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने उल्लेख छ । शुक्रबारको दिन भने बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर