Skip to content

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने

पोखरा।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत लिन लागेका छन् । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।चैत ६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै प्रधानमन्त्री प्रचण्डले संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् । संघीय संसद् सचिवालयले विश्वासको मत लिनका व्यवस्था मिलाइ दिन भन्दै बिहीबार पत्र पठाएका हुन् ।यसअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँगको गठबन्धन गरेर पुस २६ मा विश्वासको मत लिएका थिए । तर, राष्ट्रपतिको विषयमा गठबन्धनमा टकराब उत्पन्न भएपछि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहित अन्य दलसँग गठबन्धन गरेका छन् ।

अहिलेको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चालगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर