Skip to content

बारपाक सुलिकोट गाउँपालिकाका किसानहरुलाई जैविक मल बनाउने तालिम सम्पन्न

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा जैविक मल बनाउने दुई दिने कार्यक्रम आज सम्पन्न भएको छ । वडा नम्वर –६ स्थित डाँडाथोकमा जैविक मल बनाउने तालिम सम्पन्न भएको गाउँपालिकाका कृषि शाखा प्रमुख रोजिना मग्रातीले जानकारी दिइन् । पाटेश्वर सहकारी संस्थामा आबद्धध ४० जनालाई तालिम  प्रङगारिक तथा जैविक विषादी रहित मल बनाउने सम्बन्धमा दिइएको उनकाे भनाई छ । रासायनिक मललाई नियन्त्रण गरौ जैबिक र प्रङ्गारीक मलको प्रयोग गरौ स्वास्थ्य बनौ भन्ने नारा सहित कार्यक्रमको आयोजना गरेको उनले बताइन् । ‘ अहिले सबै किसानले टनेल बनाएर खेती गर्दै आएका छन् । उनले भनिन् उहाँहरुले खेती गरेको हरेक खाद्यय उत्पादनमा मा रासायनीक मलको प्रयोग बढ्दै गएपछि पालिकाले यस्तो तालिमको आयोजना गरेको होे ’ । चालु आ.व २०७८–७९ मा पालिकाले वडा नम्बर ५,३,६ मा सो कार्यक्रम गर्ने लक्ष्य राखेकोमा यस अघि नै वडा नम्बर ३ र ५ मा सम्पन्न गरेको मग्रातीले जानकारी दिइन । पालिकाले जैविक तथा प्रङ्गारिक मल बनाउने कार्यक्रमका लागि ८० हजार बजेटको विनियोजन गरेको छ । तालिममा आबद्धध प्रशिक्षार्थीहरुलाई सैदान्तिक र प्रक्टिकल अभ्यास गराईएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर