Skip to content

गोरखामा अन्य पार्टी छोडेर माओबादी प्रवेश गर्नेको ओइरो

गाेरखा। गाेरखा नगरपालिका वडा न ४ फिनामाम काङ्ग्रेस , एमाले र राप्रपा पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रबेश गरेका छन् ।

आईतबार गाेरखा नगरपालिका वडा न ४ फिनाममा जनतासँग पार्टी भन्ने अभियानमा नेपाली काङ्ग्रेस वडा न ४ का वडा सदस्य युबराज भट्टराई सहित झण्डै दुई दर्जन विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका कुरा  नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समिति प्रमुखका स्वकिय सचिब राजन आले मगरले जानकारी दिए ।

नेकपा माओबादी केन्द्रका वडा पार्टी अध्यक्ष राम बहादुर थापा मगरकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य धना तमुले जनतासंँग पार्टी अभियानले जनताकाे वास्तविक समस्या उजागार गर्न सहज हुने भएकाले हाम्राे पार्टीकाे केन्द्रीय निर्णय अनुसार जनताकाे समस्या बुझेर हल गर्न अभियानमा निरन्तर खटिएकाे बताएकी छिन् ।

पार्टी प्रबेश गर्नेहरुमा रेशम थापा मगर , जमिला मियाँ , साेबिता खत्री , लाेमकुमारी खड्का , ओमकुमारी खड्का , भरत बहादुर थापा मगर , भिम बहादुर मग्रती , श्याम बहादुर थापा मगर , गाेकर्ण बहादुरथापा मगर , हरि बहादुर थापा मगर , कृष्ण बहादुर थापा मगर , धुर्ब बहादुर थापा मगर , दयाराम रम्तेल , र शन्देश घिमिरेले पार्टी प्रबेश गरेका वडा पार्टीका अध्यक्ष राम बहादुर थापा मगरले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश सदस्य धुर्ब बाबु भट्ट , जिल्ला समन्वय समितिका उप प्रमुख लिला परियार , नेकपा माओबादी केन्द्र गाेरखा नगरपालिकाका उपाध्यक्ष मंगल बयलकाेटी लगाएतले जनता संग पार्टी अभियानकाे बारेमा मन्त्वय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर