Skip to content

डोनाल्ड ट्रम्पको ट्वीटरमा अंकुश

एजेन्सी- ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट १२ घन्टालाई बन्द गरिदिएको छ ।

बुधबार राष्ट्रपति ट्रम्पले संसद भवनभित्र छिरेका हुलदंगाकारीको भिडिओ ट्वीटरमा पोष्ट गरेलगत्तै सोसियल भ्वाइलेन्सलाई प्रवर्द्धन गर्न खोजेको भन्दै ट्वीटरले ट्रम्पको ह्यान्डल लक गरेको हो ।

फेरि आफूले जितेको चुनाव खोसिएपछि यस्ता प्रदर्शन हुनु स्वाभाविक भएको उल्लेख गर्दै ट्रम्पले भिडियो पोष्ट गरेपछि ट्वीटरले आफ्नो कम्पनीको नियमविपरीत भएको जनाउँदै ट्रम्पको ह्यान्डल लक गरेको हो ।ट्वीटरमा  ट्रम्पका ८ करोड ८७ लाख फ्लोअर्स छन् ।

बुधबार डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जित घोषणा गर्न संसद बसेका बेला ट्रम्पका समर्थक सुरक्षा घेरा तोड्दै संसद भवनमा छिरेर आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर