Skip to content

पूर्णबहादुरको नेतृत्वमा काङ्ग्रेस सरकारमा सहभागी हुने, अर्थमन्त्रीमा डा. महत

काठमाण्डु। नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको बेला कांग्रेसले आज पदाधिकारी बैठक डाकेर सरकारमा सहभागी हुनेबारे छलफल गरेको थियो ।
सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित् डेरामा बसेको पदाधिकारी बैठकले उपसभापति खड्काको नेतृत्वमा सरकारमा सहभागी हुनेगरि तयारी थालेको छ। सभापति देउवाले अर्थमन्त्रालयको नेतृत्व भने डा. प्रकाशशरण महतलाई सुम्पिन खोजेका छन् । अर्थमन्त्रालयमा खड्काको पनि दाबी थियो ।
तर, सभापति देउवाले उक्त मन्त्रालयमा महतलाई पठाउने वचन दिइसकेका छन् । खड्का भने उपप्रधान एवम् रक्षामन्त्री बन्ने सम्भावना छ । यसअघि खड्काले आफू सरकारमा सहभागी नहुने अडान लिएका थिए । तर, सभापति देउवाले धेरै नै जोड गरेपछि उनी त्यसको लागि तयार भएका हुन् ।
कांग्रेसले ८ मन्त्रालय पाउने भद्र सहमति भएको छ । कांग्रेसमा मन्त्री बन्न धेरै आकांक्षी छन् । उपसभापति धनराज गुरुङदेखि लिएर किशोरसिंह राठौरसम्मको नाम चर्चामा छ । प्रधानमन्त्री दाहालले सोमबारसम्म सरकारलाई पूर्णता दिइसक्ने तयारी गरेका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि यसबारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर