Skip to content

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गाेरखकाली मन्दिरमा पुजा अर्चना

गाेरखा । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गाेरखाकाे प्रसिद्व गाेरखकाली मन्दिरमा आज पुजा अर्चाना भएकाे छ । राष्ट्रपति बनेपछि उनी पहिलो पटक उपत्यका बाहिर गाेरखा आएका हुन् ।उनी बिहान ९ः५० बजे गोरखा दरबार क्षेत्र अवलोकन गर्दै राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा आएका हुन् । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।प्रजिअ भुसालका अनुसार राष्ट्रपति पौडेल आउ-जाउ गर्ने सडकको यातायात होस् या मन्दिरमा दर्शन गर्ने बेलामा होस् सर्वसाधारणलाई असर नपुग्ने गरी आवश्यक प्रबन्ध मिलाइएको छ । उनले भने, ‘सर्वसाधारण प्रभावित नहोउन् भनेर हामीले एकदमै साधरण तरिकाले आवश्यक प्रबन्ध गरेका छौं । राष्ट्रपति गाेरखा आउँदा सर्बसाधरणमा कुनै असहज नभई पुजा सम्पन्न गरिएकाे प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर