Skip to content

नेपाली काङ्ग्रेसको हठको कारण सत्ता गठबन्धनमा सहमति जुटेन

पोखरा। हिजो दस दलीय सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो। मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिलेपछि बैठक आज बस्नेगरी स्थगित भएको हो ।

बैठकमा दलका नेताहरूले मन्त्रालयमा अडान लिँदा सहमित हुन नसकेको सहभागी एक नेताले बताए। ‘बैठकमा काङ्ग्रेसले आफ्नो अडान नछोडेको कारण सहमति हुन नसकेको कारण आज बस्ने बैठकमा यसलाई टुंग्याउने कुरा छ,’ बैठकमा सहभागी एक नेताले बताए।

नेपाली कांग्रेसका नेता रमेश लेखकले भने बैठकमा सकारले ल्याउने न्युनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको बताए। उनले मस्यौदामा पनि सबै दलहरूले सुझाव दिएको बताए। ‘भागबण्डाभन्दा पनि आजको बैठकमा न्युनतम साझा कार्यक्रमको मस्यौदाका विषयमा छलफल भयो । भोलिसम्म त्यसलाई टुंग्याएर सार्वजनिक गर्ने सल्लाह भएको छ,’ सञ्चारकर्मीसँग उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर