Skip to content

बिष्णुको रचना,मिलनको स्वर, टिकाको संगीतमा रहेको ‘हेरेको तिमीलाई’ सार्वजनिक ( भिडियो )

प‍ोखरा। बरिष्ट गीतकार बिष्णुबाबू देवकोटादको शब्द संयोजनमा हाल अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालको संगीतमा रहेको ‘हेरेको तिमीलाई’ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वर सुन्न सकिन्छ। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने राहुल प्रधानको संगीत संयोजन रहेको छ। भिडियोमा गायिका एवम मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई हरि हुमागाईले सम्पादन गरेका हुन्। सिम्पल खरेलको निर्देशनमा तयार पारिएको भिडियो संगीतकार दहालको युट्युव च्यानल ‘टिका दहाल म्युजिक’ मार्फत सार्वजनिक भएको हो। गीत तथा म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर