Skip to content

सरकारकाे १०० दिनले गुणत्माक सुधार गरेकाे छ : प्रधानमन्त्री प्रचण्ड

गाेरखा। नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारकाे १०० दिनले गुणत्माक सुधार भएकाे बताएका छन् ।

शुक्रबार नेकपा माओबादी केन्द्र गाेरखाले जनतासँग पार्टी अभियानमा प्रशिक्षण दिन गाेरखा आएका प्रधानमन्त्री प्रचण्डले म प्रधानमन्त्री हुँदा आर्थिक स्थिति कमजाेर थियाे त्यसलाई सुधार गर्दै अहिले १०० दिनमा आर्थिक स्थित गुणत्माक रुपमा फड्काे मारेकाे बताए । म प्रधानमन्त्री भए पछि सामाजिक न्याय सुसासन र समबृद्विलाई शिरमा राखेर सपथ खाएको स्मरण गराए ।

त्यसै अनुसार जनताकाे आशा जगाउने निर्णय अनुसार क्याबिनेटकाे पहिलाे बैठकबाट अर्थतन्त्र आशा जगाउने लाईसेन् पासपाेर्ट बित्तीय सस्थालाई अघि बढाउने कुरा बिदेशमा रहेका नेपालीहरुकाे सुरक्षाकुरा जनताकाे पक्षमा निर्णय भएकाे बताएका हुन् ।

राजस्व सकलन जम्मा सत्तरी कराेड मात्र उठेकाे थियाे अहिले लगभग डेड कराेड जति जम्मा हुने गरेकाे प्रचण्डकाे भनाई छ । अहिले सबै क्षेत्रमा सुधार र प्रगति हुँदै गएकाले जनताकाे समस्या छिट्टै हल हुने बिश्बास ब्यक्त गरे ।

देशमा राजनितिक उतारचढाबले गर्दा सुस्त देखिए त पनि अहिलेकाे १० दलिय गठबन्धनले साेचबिचर गरेर नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । पुरानेा ढर्रा पाराले नीति तथा कार्यक्रम नबनाई नयाँ ढंगले जनताले अपेक्षा अनुसार बजेट ल्याउने पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

अबकाे दुई बर्ष भित्रमा न्यायिक निरुपण गरि शान्ति सम्झाैतालाई छिट्टै कार्यान्वयन गरिने पनि बताए । बिकास निर्माणकाे काममा गाेरखामा बुढीगण्डकी अघि बढाउने अबकाे दुई तीन महिनामा शिल्यानास गर्ने र रबर उद्योग , पालुङटार एयरपाेर्ट अप ग्रेड गर्ने साेचिएकाे छ । जुन महिले उम्मेदार हुदा कच्ची सडकहरुलाई पिच गर्ने बिषय नबिर्सेकाे उनले अगुबा कार्यकर्ताकाे बीचमा बिश्बास दिलाए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समितिका अध्यक्ष बिष्णु भट्टकाे अध्यक्षतमा भएकाे कार्यक्रममा स्थायी कमिटी सदस्य हरिाज अधिकारी गाेरखा जिल्ला ईन्चार्ज अमर तमु र प्रदेश प्रमुख सचेतक शुशिला सिङखडा लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम सञ्चालन गण्डकी गाउँपालिका अध्यक्ष तथा नेकपा माओबादी केन्द्रका गाेरखा जिल्ला सचिब दिपक तिम्लेसेना साकारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर