Skip to content

दुर्गा प्रसाईंसँग २ कराेड माग्ने रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले पार्टीहित विपरीत काम गरेको निष्कर्ष निकाल्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको हो ।

श्रेष्ठलाई कारबाही गरिएकाे पत्र पार्टीले संसद सचिवालयलाई पठाउने तयारी गरेकाे छ । रास्वपाले स्वास्थ्यमन्त्री पाउने भएपछि श्रेष्ठकाे नाम चर्चामा थियाे ।

उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेकाे र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ कराेड रुपैयाँ सहयाेग मागेकाे अडियाे सार्वजनिक भएकाे थियाे ।

अडियाेमा उनले भनेका छन्, ‘हाम्राे भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयाे । मन्त्रीका लागि रवि सरलाई २ कराेड बुझाउनुपर्ने कुरा आएकाे छ । मसँग पैसा छैन । अहिले एक कराेड जति दिँदा हुन्छ । एक कराेडचाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयाेग चाहिएकाे छ ।’

त्यसकाे जवाफमा प्रसाईंले आफूले २ कराेड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन् । अडियाे सार्वजनिक भएपछि पार्टीले उनलाई कारबाही गरेकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर