Skip to content

ढाका कुमारको सांसद पद चैट

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न दुई करोडको डिल गरेको अडियो सार्वजनिक भएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

उनलाई यस अगाडी रास्वपाको अनुशासन समितिले लिखित र मौखिक बयान समेत लिएको थियो । त्यही बयानका आधारमा अनुशासन समितिले दिएको प्रतिवेदन समेतलाई आधार मानेर रास्वपाको केन्द्रीय समिति बैठकले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो पार्टीको साधारण सदस्य समेत नरहेपछि अब उनको सांसद पद समेत गुमेको छ । उनको पद समेत गुमेपछि उनको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि रास्वपाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर