Skip to content

नेेेपाल टेलिकमको नयाँ बर्ष अफर, दुई सय रुपैयाँ माथिको रिचार्जमा डाटा बोनस

काठमाण्डु।नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ अफर उपलब्ध गराएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने घोषणा गरेको हो । कम्पनीले रु.४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यसअनुसार रु. २०० देखि रु.४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ । नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर बिहीबारदेखि आगामी २०८० वैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागु हुने नेपाल टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर