Skip to content

गोरखामा युवाहरुमा सकारात्मक सोचको बिकास गराउने उद्देस्य सहित प्रेरणामूलक अभिमुखीकरण सम्पन्न

गोरखा। गोरखामा युवाहरुमा सकारात्मक सोचको बिकास गराउने उद्देस्य सहित प्रेरणामूलक अभिमुखीकरण प्रदान गरिएको छ । राष्ट्रिय जनवकालत मञ्च नेपालको आयोजनामा गुड डिड्स डे इन्टरनेसनलको अबसर पारेर जिल्ला भित्रका २ सय जनाभन्दा बढी युवायुवतीहरुलाई प्रेरणामूलक अभिमुखीकरण तालिम प्रदान गरिएको हो ।

मञ्चले गोरखा नगरपालिका, जिल्ला भित्रका बिभिन्नि गैह्रसरकारी संघसंस्थाहरु संगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको संस्थाका राष्ट्रिय संयोजक भेला भट्टराईले जानकारी दिए । पछिल्लो समय युवाहरुमा सकारात्मक सोचको अभावका कारण युवायुवतीहरु छिटो निरास हुने र मनोवल कमजोर हुने कारण सफलता प्राप्त गर्नबाट समेत बन्चित हुने जोखिम बढेका कारण युवायुवतीहरुमा सकारात्मक सोच स्वयम सेवाको साथै उनिहरुमा देश र आफ्नो काम प्रर्ति बफादार बनाउने उद्देस्यका साथ कार्यक्रमका आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा रमन भट्टराईले देश र काम प्रतिको उत्प्रेरणादायी भनाईहरु मार्फत युवाहरुलाई जागरुक गराएका थिए । कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख नगरप्रमुख कृष्णबहादुर रानामगर, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न समुदायहरुले आफ्नो संस्कृति झल्कने खालका भेषभुषाको लगाएर प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर