Skip to content

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारक‍ो लागि दिल्ली लगियो

पोखरा।  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अबस्था दिनानुदिन नसुध्रिए पछि उपचारका लागि आज भारत लगिने भएको छ। उनलाई अब केही बेरमा नै श्री एयरको विमानमार्फत भारत लैजान लागिएको राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले विभिन्न सञ्चार माध्यमलाई जानकारी दिए ।
पोखरेलका अनुसार उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) माउनको उपचार हुनेछ।
अचानक बेहोस भए पश्चात मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान लागिएको हो ।
त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले चिकित्सक र परिवारको परामर्शपछि अहिले एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर