Skip to content

पालुङटार नगरपालिकामा बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गाेरखा । पालुङटार नगरपालिकामा बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

साेमबार गाेरखाकाे पालुङटार नगरपालिकामा सामाजिक बिकास कार्यालय गाेरखाकाे आयाेजन र पालुङटार नगरपालिकाकाे संयाेजनमा बालबालिका सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे सामाजिक बिकास अधिकृत दिपेन्द्र परियारले जानकारी दिए ।

बालबालिकाकाे बाँच्न पाउने अधिकार, सरक्षणकाे अधिकार, बिकासकाे अधिकार र सहभागिताकाे अधिकार सम्बन्धी बाल अधिकारकाे पक्षमा प्रदेश र स्थानिय तहकाे अहम भुमिका हुने भन्दै सराेबारवालहरुले बालबालिकालाई मित्रवत ब्यबहर गर्न सुझाएका थिए ।

बालबालिका गर्व देखि १८ बर्ष नपुग्दा सम्म बालबालिकाकाे सर्बाेत्महित, सबाङगिड बिकास जस्ता सिदान्तमा रहि बाल बचाउ सरक्षण बिकास र अर्थपुर्ण सहभागिता लगाएतका बिषयलाई स्थानिय तहकाे नीति याेजना सरचना प्रणाली र कार्यप्रक्रिया संस्थागत गर्ने पद्वतिलाई अघि बढाई बाल अधिकारकाे सम्मान सरक्षण र समबर्द्वन गर्न राज्यकाे तीनै निकायकाे ध्यान जानू रहेकाे सराेकारवालहरुले ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद गण्डकी प्रदेश समन्वय अधिकृत बद्रि वाग्लेले बालबालिका सम्बन्धी आफ्नाे प्रस्तुतिकरण गर्दै स्थानिय तह बालमैत्री हुनु पर्ने भन्दै स्थानिय तहका प्रमुख र उपप्रमुखलाई कडाईका साथ कार्यन्वयन गर्न आग्रह गरेका थिए ।

अभिमुखी कार्यक्रममा सामाजिक बिकास अधिकृत दिपेन्द्र परियारकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी पालुङटार नगरपालिकाका उप प्रमुख बन्दना पाँण्डेले बालबालिकाकाे बृद्वि र बिकासकाे लागि नगरपालिकाले खेल्नु पर्ने भुमिकामा कुनै कसर बाँकि नराखिने बिश्बास ब्यक्त गरिन् ।

त्यसै गरेर कार्यक्रममा पालसङटार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गाैतम भण्डारी, शिक्षा शाखा प्रमुख माधब प्राेखरेल, सबै वडाका वडा अध्यक्ष तथा कार्यापालिकाका सदस्य, बालबालिकामा आबद्व रहेकाे संघ संस्थाका प्रमुख एंबम प्रतिनिहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर