काठमाण्डु। ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्ने व्यवस्था झण्झटिलो भएकाले १०–१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ ।‘नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकाले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं’ मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने ।
पाँच वर्षमा नवीकरण गर्नु पर्ने प्रावधानलाई बदलेर १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्दा नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने भएको छ ।
पाँच वर्षमा नवीकरण गर्नु पर्ने प्रावधानलाई बदलेर १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्दा नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्