Skip to content

पूर्ब गृहमन्त्री बादलका बिश्वासिला सुरक्षा सल्हाकार डा इन्द्रजीत राई पक्राउ

पोखरा। तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार डा० इन्द्रजीत राईले नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पक्राउ परेका छन्। यसअघि पक्राउ परेका प्रतिवादीको बयानको आधारमा उनी पक्राउ परेका हुन्।
गृह मन्त्रालयमा रहँदा राईले ठगी गर्ने गिरोहलाई सघाएका थिए। पक्राउ परेका पाँच अभियुक्तमध्ये सानु भन्डारीले डा.राईको नाम लिएका थिए। आफुहरुले उठाएको पैसामध्ये केही राईलाई बुझाएको उनको बयान थियो। सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनी ललितपुरबाट पक्राउ परेका हु्न्।
गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटार्नी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नौ सय जनासँग करिब एक अर्ब ठगी गरेको थियो। त्यसमध्ये एक सय ६० जनाले प्रहरीमा उजुरी दिएका थिए । ठगीमा सघाउने अन्य व्यक्तिमाथि पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर