Skip to content

ज्ञानमारा अभियाेगमा शिक्षकहरु जेल जानुपर्छ:विद्यानाध कोइराला

तनहुँ । जसरी ज्यानमाराहरु आजीवन जेल बस्नुपर्दछ । त्यसैगरी विद्यार्थीहरु असफल भएमा ज्ञानमारा अभियाेगमा शिक्षकहरु जेल जानुपर्ने भएकाे छ । याे व्यवस्था जिल्लाकाे आँवुखैरेनी गाउँपालिकाले ल्याएकाे हाे ।

विद्यार्थीहरुलाई दिने ज्ञानमा कुनै कमि गर्न पाइँदैन ज्ञानकाे कमि भएर विद्यार्थी असफल भएमा शिक्षकहरु जेल जानुपर्दछ, शिक्षाविद विद्यानाथ काेराइलाले भने, पढाउने शिक्षकलाइ आवश्यक सामग्रीकाे व्यवस्थापन गर्न नसक्ने हाे भने पालिका अध्यक्ष पनि जेल जानुपर्छ, कुनै शुल्क लिएर पढाउन पाइँदैन, उनले शिक्षकहरु आफूलाइ समाज रुपान्तरक भन्छन् तर उनीहरुले पढाएका विद्यार्थीहरु एउटै पास हुँदैनन्, तीनहरुलाइ जेलमा नकाेचेर फेरी त्यही विद्यालयमा पढाउन लगाएर रहेक वर्ष अपराध भइरहेकाे बताए । शिक्षा एेन २०७५ काे आधारभूत तहकाे शिक्षा अनिवार्य र निशुल्कमा स्पष्ट व्यवस्था रहेकाले त्यस भन्दा बाहिर जान नसकिने उनकाे भनाइ छ ।सार्वजनिक शिक्षाकाे रुपान्तरण गर्ने उदेश्यले पालिकाले विहिबार शिक्षामा आँवुखैरेनी गाउँपालिका प्रयास र याेजना  विषयमा अन्तरक्रिया कार्यक्रम गरेकाे थियाे ।

 

 

पालिकाले स्ल्यास नामक सँस्थाकाे सहयाेगमा कक्षा १ देखि ८ सम्मका  ४३ वटा विद्यालयका तीन हजार ६२८ जना विद्यार्थीहरुकाे सिकाइ, विद्यालयकाे भाैतिक अवस्था अभिभावकहरुकाे अवस्थाका बारेमा शुक्ष्म अध्ययन गरेकाे थियाे । कार्यक्रमका अवसरमा क्षेत्रगत अध्ययनकाे प्रतिवेदन समेत पेश भएकाे थियाे ।

 

कार्यक्रममा पूर्व शिक्षामन्त्री एवँ साँसद शिशिर खनाल, पढ्दैकमाउँदै कार्यक्रमका सँस्थापक जनज्याेति मावि बड्डीचाैर सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलले विद्यालय शिक्षाकाे सुधारका लागि गर्नुपर्ने कामका बारेमा जानकारी दिएका थिए ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सामुदायिक र सँस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधिहरु, शिक्षासँग सराेकारवालाहरुकाे सहभागिता रहेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर