Skip to content

एपाेलाे अस्पतालकाे एम्बुलेन्स चितवनकाे रामनगरमा दुर्घटनाग्रस्त

गोरखा । गाेरखाकाे एपाेलाे अस्पतालकाे एम्बुलेन्स चितवनकाे रामनगरमा दुर्घटनमा परेकाे छ । गोरखाबाट गर्भवती महिला लिएर सुत्केरी गराउन लिएर गएको एम्बुलेन्स चितवनको रामनगरमा गएराती दुर्घटना पर्दा सुत्केरीको अवस्था गम्भीर भएको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक निर्मल पनेरुले दिएको जानकारी अनुसार गोरखाबाट चितवनको लागि गएको ग ३ च १५०८ नम्बरको एम्बुलेन्स आज बिहान १ः४० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी गोरखा नगरपालिका–६ निवासी बर्ष २८ कि श्रृजना गौतम गम्भिर घाईते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

उनलाई सुत्केरी गराउनको लागि एपोलो अस्पतालको एम्बुलेन्स मार्फत चितवनको भरतपुर तर्फ लादै गर्दा भरतपुर महानगर पालिका–१ को रामनगर स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा साइडमा रोकिरहेको ना ७ ख ६४ नम्बर को ट्रकमा ठोकिन पुगेको थियो । गम्भरि घाईते भएकी श्रृजनाको अनुहार र खुट्टामा चोट लागेको छ ।

उनकाे नयाँ मेडिकल कलेजमा आईसियुमा राखेर उपचार भई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक सहित अन्य ३ जना सामान्य अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी एम्बुलेन्स चालक बारपाकसुलिकोट गाउँपालिका–६ का ५४ बर्षिय एकबहादुर सुनार, गोरखा नगरपालिका–६ बस्ने बर्ष ३५ को सुदिप गौतम (श्रृजनाका श्रीमान) र गोरखा नगरपालिका–६ बस्ने बर्ष ४८ कि मिना कोईराला सामान्य घाईते भएका छन् ।

ट्रक र चालक मकवानपुर जिल्ला हेटौडा उप महानगर पालिका–१९ बस्ने बर्ष ३६ को सुरज श्रेष्ठलाई राती नै प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर