Skip to content

मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले:सुदन किराँती

काठमाण्डु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले घुस नखाँदा र नखुवाउँदा आफ्नो विरोधी सलबलाएको टिप्पणी गरेका छन् ।

पशुपतिको अचल सम्पत्तिकोरूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाविक गर्न खोजिएको भन्दै प्रश्न उठिरहेको छ।

मन्त्री किरातीकै निर्देशनअनुसार हालसाविक गर्न खोजिएको भन्दै टिप्पणी हुन थालेपछि उनले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताएका हुन्। किराँतीले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला, प्रमाणित गर म एक मिनेट बस्दिन । मन्त्रीजस्तो मान्छेले कसलाई घुस खुवाउनुपरेको हो र कसले घुस दिएका हुन् भन्ने विषय सार्वजनिक गर्न उनलाई चुनौती थपिएको छ ।’

केही दिन अघि लुम्बिनी विकास कोषका विषयमा मन्त्रालयका आन्तरिक विषय सार्वजनिक गरेर उनी यसै गरी विवादमा आएका थिए ।

आन्तरिक विषयलाई समाधान गर्नुको साटो कोषको अध्यक्षसमेत रहेका मन्त्री किराँतीले आन्तरिक आदेश र सर्कुलरलाई आफ्नो पदीय मर्यादा भुलेर सार्वजनिक गरेको भन्दै आलोचना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर