Skip to content

नेतृत्वको पुस्तान्तरण हो हस्तान्तरण होइन:दीपशिखा

पोखरा। गण्डकी प्रदेश वाइसीयलको बैठक सम्पन्न भएको छ।बैठकमा माओवादी केन्द्रका युवा नेता तथा वाइसियल नेपालका फ्याक्सन इन्चार्ज राम प्रसाद सापकोटा’दिपशिखा’ले बैठकलाई सम्वोधन क्रममा भने,’सङ्कट भनेको प्रश्न उब्जनु हो।यो हामी युवाका लागी अवशरको सिर्जना हुनु हो।’बैठकमा उत्साही हुँदै अगाडि बढ्न र नेतृत्व बारे दिपशिखाले बताए ‘नेतृत्वको पुस्तान्तरण हो हस्तान्तरण होइन।फास्टट्रायाकबाट पुस्तान्तरण हुन आवश्यक छ।’

यसैगरी माओवादी नेता हरिराज अधिकारीले बैठकलाई सम्वोधन क्रममा भने,’भ्रष्टचार विरुद्धको आन्दोलनमा सडकमा युवा आउन जरूरी छ।मन्तब्य क्रममा अधिकारीले भने ‘रेशम चौधरी बारे केपी ओलीको दोह्रोर चरित्र छ।’साथै भ्रष्टचार बिरुद्धको अभियानमा प्रधानमन्त्री प्रचण्डको साथमा सबै  जनता रहेको उनले  बताए।

बैठकामा वाइसियल नेपालका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र बहादुर गुरूङ हाईटेक युवाहरूको आवश्यकता बारे जनाए।

गण्डकी प्रदेशका युवा नेताहरूलाई बैठकमा माओवादी केन्द्र गण्डकी अध्यक्ष गायत्री गुरूङ,गण्डकी प्रदेश सचिव जगनाथ खनाल’दिनेश’ एवम वाइसियल उपाध्यक्षहरू सुवित ढुङ्गना,मञ्जु वम र महासचिव गणेश शाहीले सम्वोधन गरेका थिए।

बैठकमा वाइसियल सचिवहरू नरेश के.सी,अनु कुंवर,हरि  र लेखा आयोग प्रमुख विपिन आचार्यको उपस्थिति थियो।

बैठकले भाद्र महिनामा गण्डकी प्रदेश वाइसियलको सम्मेलन तय गरेको छ।

बैठकको संचालन तथा अध्यक्षता शरण सापकोटाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर