Skip to content

एजेण्डा भन्दा बाहिर गएर छलफल गर्न खाेज्दा बैठक स्थागित भयाे : गाेरखा नगरपालिका

गाेरखा। नगरकार्यापालिकामा आठ वटा एजेण्डा भन्दा बाहिर गएर छलफल गर्न खाेज्दा बैठक स्थागित गरिएकाे गाेरखा नगरपालिकाले जनाएकाे छ ।

१२ओै नगर सभाकाे लागि कार्यापालिकाकाे बैठक बस्न लाग्दा केही कार्यापालिका सदस्यहरुले चन्द्र बहादुर खड्काकाे राजिनाम के भयाे भन्दै प्रमुख प्रशासकिय अधिकृत संग बैठक अघि नबढाउन माग राखेका थिए भने केही कार्यापालिका सदस्यले स्वकिय सचिबकाे बारेमा जिज्ञासा राखेका थिए ।

वडा न ११ का वडा अध्यक्ष राम बहादुर खड्काले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काले कार्यालय सहयाेगीकाे तलब बढाउने अधिकार कहाँ बाट पाउनु भयाे भन्दै त्यसकाे छिनाफाने नभई बैठकअघि नबढाउन आग्रह गरेका थिए ।

गाेरखा नगरपालिकाका मेयर कृष्ण रानाले सबै कार्यापालिका सदस्यहरुलाई एजेण्डा भन्दा बाहिर गएर कुनै छलफल नहुने भएकाले एजेण्डामा रहेर छलफल गर्न पटक पटक अनुराेध गर्नु भएकाे प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पुनले जानकारी दिए ।

साना मसिना कुराहरुमा अल्झिएर बैठक स्थागित गर्न खाेज्नु ठिक नभएकाे मेयर रानाकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर