Skip to content

भारतमा रेल दुर्घटना सयौको ज्यान गयो,सयौ घाइते!

पोखरा। भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति यात्रुबाहक रेल दुर्घटना भएको छ। चेन्नाइबाट हाउडाको लागि प्रस्थान गरेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालबाहक गाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।उक्त रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । यस्तै ९ सय जना जति घाइते भएको अनुमान गरिएको एजेन्सीले जनाएको छ ।

दुर्घटना पश्चात् भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुगेका थिए । उनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

यस्तै गम्भीर घाइते भएकाहरूलाई २ लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरूलाई ५० हजार रुपैयाँ प्रदान गर्ने उनले बताएका छन् ।

दुर्घटनामा घाइते भएका १ सय ३२ यात्रीको गोपालपुरको एक अस्पतालमा उपचार भइरहेको छ भने थप ४७ घाइतेलाई बालासोरका मेडिकल कलेजमा भर्ना गरिएको छ। ओडिसाका मुख्य सचिव प्रदीप जेनाको भनाइलाई उद्धृत गर्दै समचार श्रोतहरुले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर