Skip to content

भिमसेन थापा गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा

गोरखा। भिमसेन थापा गाउँपालिकालाई पूर्ण खोप पालिका तथा दिगोपन सुनिश्चितता घोषणा गरिएको छ । गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा आज पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

पालिका भित्रका सवै वडाहरुले खोपको मापदण्ड पूरा गरेपछि पालिकाल एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरेको गाउँपालिकाका पालिका खोप समितिका सचिब भेषराज खनालले जानकारी दिए । गत चैत्र १६ देखि २० गतेसम्म ८ वटै वडामा रहेका स्वास्थ्यकर्मीहरुले वडा भित्र रहेमा सबै बालबालिको सर्वेक्षण गर्दा पालिका भित्रका सबै बच्चाहरुलाई पूर्ण खोप दिइएको पाइएको उनले बताए ।

उनका अनुसार जन्मदेखि १५ महिनाका सम्मका १९७ जान र १६ महिनादेखि ५९ महिनासम्मका ६ सय ९८ जना बालबालिकालाई नियमित खोप दिएको उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृतादेबी बस्ती, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा ८ वटै वडाका स्वास्थ्य प्रमुख एबं स्वास्थ्यकर्मी, स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर