Skip to content

गोरखामा जीप दुर्घटनामा पाँच जनाकाे मृत्यु घाइतेहरुको उद्दार कार्य जारी

गोरखा । गाेरखा जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ३ मनकामनामा बेहुला बेहुली सहित जन्ती बोकेको जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।सहिद लखन गाउँपालिका ३ मनकामनामा स्थित सिलिङ र ढाँडवारी वीचमा पर्ने अमल डाँडा भन्ने स्थानमा मा शुक्रबार बिहान करिव ३:३० बजे जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो । घटनामा १४ जना घाइते भएका छन् ।

दुलहा दुलही र जन्ती बाेकेर कोटगाउँबाट पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप आज बिहान तीनबजे दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा १९ जना सवार रहेका थिए ।सडकबाट झण्डै दुईसय मिटर तल खसेर जीप दुर्घटना भएको घटनास्थलबाट डिएसपी लीलाराज लामिछानेले बताए । घटनास्थलमा स्थानीय सहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर