Skip to content

वीर अस्पतालमा ७५० जनरल बेड निःशुल्क

काठमाण्डु। अबदेखि वीर अस्पतालले ७५० वटा जनरल बेडलाई निःशुल्क गराएको छ। शुक्रबार बसेको कार्यकारी परिषदको बैठकले ७५० जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतीसमेत रहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पनि बेड निःशुल्क गर्न निर्देशन दिएका थिए।

यसअघि प्रतिदिन दुई सय रुपैयाँ तिर्दै आएका बिरामीले अब ७५० वटा जनरल बेडमा कुनै शुल्क तिर्न नपर्ने न्याम्सका नवनियुक्त उपकुलपति डा. भुपेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार वीरको कुल बेड संख्या ९६० हो।
क्याबिनमा सिंगल डबल, ट्रिपल बेड हेरि दैनिक २ हजारदेखि ३ हजार शुल्क तिर्नपर्नेछ भने आइसियको प्रतिदिन ३ हजार शुल्क लाग्नेछ ।जनरल बेड निःशुल्क गर्दा अस्पताललाई वार्षिक झण्डै वार्षिक ७ करोड आर्थिक भार पर्ने र यो भार क्याबिन, आइसियुको शुल्क, अपरेशको संख्या बढाएर व्यवस्थापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर