Skip to content

गाेरखा नगरपालिकाले ल्यायो झण्डै १ अर्ब ३२ लाख बजेट

गाेरखा । गाेरखा नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित १ अर्ब ३२ लाख ६५ हजारकाे बजेट ल्याएको छ ।आइतबार भएको बाह्रै नगरसभामा नगरप्रमुख कृष्ण बहादुर रानाले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित १ अर्ब ३२ लाख ६५ हजारकाे बजेट प्रस्तुत गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन, स्वरोजगार लगायतलाई समेटेर नीति तथा कार्यक्रम मेयर रानाले प्रस्तुत गरेका हुन् ।बजेट भने नीति तथा कार्यक्रम अनुसार नगरसभामा छलफल गरी चालु तथा पुँजीगत गरी विनियोजन गरी पास गरिने मेयर रानाकाे भनाइ छ ।

बजेटको स्रोत संघीय सरकारको सशर्त अनुदान ३८ करोड ७९ लाख, राजश्व बाँडफाटअन्तर्गत १३ करोड १२ लाख ६८ हजार र समान्यीकरण अनुदान २१ करोड २२ लाख रहेको छ भने प्रदेश सरकारको ४ करोड २४ लाख अन्ठाउन्न हजार र पालिकाको आन्तरिक स्रोतबाट ५ करोड ७६ लाख रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले जानकारी दिए ।मेयर रानाकाे अध्यक्षतामा नगर सभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।कार्यक्रममा उपप्रमुख मसली माया थाेकर सहित जनप्रतिनिधि, कर्मचारी, र पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर