Skip to content

निर्मला घिसिङको ‘अवसरवाद’ सार्वजनिक (भिडियाे)

काठमाण्डु। मान्छेले आफनो ब्यक्तिगत स्वार्थ र अवसरका लागि के सम्म गर्ला ? समाज, न देश, न दुनियाँ, कसैका लागि पनि होइन, केबल आफनो फाइदा र स्वार्थका लागि मान्छेले सिद्धान्त, विचार, आर्दश, सामाजिक मूल्य /मान्यता, नैतिकता साराका सारा दाउमा लगाउँछ भने त्यस्तो खतरनाक प्रवृत्तिलाई के भन्ने होला – अवसरवाद ?
हो, मान्छेहरुमा देखिने गरेका त्यस्ता खतरनाक प्रवृत्तिलाई अवसरवाद भन्नुपर्छ ।

अरुका लागि होइन, आफनो मात्र ब्यक्तिगत स्वार्थ र फाइदा खोज्ने र त्यसैमा तल्लिन हुने प्रवृत्तिलाई बेलैमा चिन्ने, घृणा गर्ने र संर्घषमा परास्त गर्नुपर्ने सन्देश गीतमार्फत खरो ढंगले बोकेर आएकी छिन्, गायिका निर्मला घिसिङ ।
आफ्नै जीवन अनवरतरुपमा संर्घषमा बिताएका, न्याय, समानता र स्वतन्त्रताका लागि १० वर्षे जनयुद्धमा समेत लडेका, जनवादी गीत-संगीतको पहेलीमा भिजेका नेता माइला लामाको शब्द/ संगितमा गायिका घिसिङले अवसरवाद नामक गीत सार्वजनिक गरेकी हुन् ।

अवसरवादको न आकार हुन्छ, न रंग, जसरी नि फाइदा लिने मात्र हुन्छ ढंग भन्दै गायिका घिसिङले अवसरवादका बारेमा गीतमार्फत आम दर्शक स्रोतलाई छ्याङगै बुझने प्रस्तुती पस्केकी छिन् ।उनको बोलीमा मिठास छ ।
नेपाली राजनीतिको मौलाउँदै गएको अवसरवादको मुल चरित्रलाई गीतमार्फत उजागर गर्ने कोसिस शब्द र संगीत दिएका माइला लामा र त्यसमा स्वर भरेकी निर्मलाले गरेकी छन् ।गीत गायिका घिसिङले शुक्रवार आफनो युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर