Skip to content

ओलीमा पहिले देखिनै गुटबादी प्रबृत्ति थियो।

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति नै गुटवादी भएको बताएका छन् ।

आज (मंगलबार) पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको पुरानो गुटवादी प्रवृत्ति झ्यांगिदै अहिलेको अवस्थामा आइपुगेको बताए ।

‘ओलीमा पहिल्यैदेखि गुटवादी प्रवृत्ति थियो, त्यही प्रवृत्ति झ्यांगिदै अहिलेको अवस्थामा आएको हो’, उनले भने । अध्यक्ष नेपालले प्रधानमन्त्री ओली इमान्दारिता नरहेको र सधैँ धोका धाकधम्कीको राजनीति गर्दै आएको आरोप लगाए । उनले प्रचण्ड र आफूलाई फुटाल्न अनेकौं प्रयास गरे पनि ओली सफल नभएको बताए ।
‘उहाँ (ओली) प्रचण्डलाई बोलाएर माधवले तपाईलाई धोका दिन्छन् तपाईले झेल्नु भएकै छैन भन्नु हुन्छ, त्यसको केही समयमै मलाई बोलाइएर प्रचण्डले धोका दिन्छन् भनेर एकै समयमा दुई जनालाई भिन्न भिन्न कुरा गर्नु हुन्छ’, उनले भने । उनले अध्यक्ष प्रचण्ड र आफू मिलेर पार्टी चलाउन र त्यसबाट कुनै समस्या नहाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर