Skip to content

नेपाल वायुसेवा निगमले पछिल्लो आर्थिक वर्षमा तीन अर्ब ७७ करोड ऋण तिर्‍यो।

काठमाण्डु। नेपाल वायुसेवा निगमले पछिल्लो आर्थिक वर्षमा तीन अर्ब ७७ करोड रुपैयाँ बढी ऋण तिरेको छ।
निगलमे जहाज किन्नका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणमा आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ७७ करोड रुपैयाँ बढी साँवा ब्याज भुक्तानी गरेको हो।
निगमका अनुसार २०७९ असारदेखि चैत मसान्तसम्म दुई अर्ब ९४ करोड रुपैयाँ बढी रकम भुक्तानी गरेको थियो। साथै २०८० असार मसान्तकाे किस्ता बापत ८३ करोड रुपैयाँ बुझाएको जनाएको छ।

निगमले शनिबार विज्ञप्ति जारी गर्दै जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको बताएको हो।
निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको निगमले जनाएको छ। सूचनाअनुसार नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ।
विभिन्न निकायहरूमा रहेका पुराना वक्यौता रकम तिरिएको र कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको निगमले बताएको छ।त्यस्तै निगमले तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना (स्टोल)जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजना अघि बढाइरहेको छ।

निगमले नयाँ ३ वटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा दिन सकिने, पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर