Skip to content

गोरखामा ८ जनामा डेंगु संक्रमण

गोरखा । गोरखाको विभिन्न ३ स्थानिय तहमा ८ जनामा डेंगु संक्रमण देखा परेको छ । गोरखा नगरपालिका र शहिल लखन तथा सिरानचोक गाँउपालिकामा गरी ८ जनामा संक्रमण देखिएको गोरखा अस्पताल प्रशासनले जनाएको छ ।संक्रमण देखिएकाहरुमा गोरखा नगरपालिकामा बसोबास गर्नेहरु बढी संक्रमीत भएका छन् । गोरखा नगरपालिका ८ को २ जना र २ र ६ मा १–१ जनामा संक्रमण देखिएको अस्प्तालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार शहिद लखन गाउँपालिका ७ मा २ जना र ४ को १ जनामा पनि संक्रमण देखिएको छ । यो आर्थिक बर्षको पहिलो ११ दिनमा जिल्लाको ३ स्थानिय तहमा ८ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएको सिरानचोक गाँउपालिका ८ मा भने १ जनामा संक्रमण देखिएको छ ।संक्रमणदेखिएका सबैको गोरखा अस्पतालमा रक्त परिक्षणका क्रममा देखिएको अस्पतालले जनाएको छ । उनीहरु सबैमा उच्च जरो देखिए पछि गोरखा अस्पतालमा परिक्षणका क्रममा संक्रमीत भएको पाईएको हो । संक्रमीत मध्ये ३ जनालाई भने थप उपचारको लागि जिल्ला बाहिर पठाईएको र अन्य ५ जनाको भने यही उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर