Skip to content

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

साउन २६,काठमाण्डु। ग्लोबल आइएमई बैंक सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ ।आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो ।अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लाेबल आइएमई बैंकले गत आवमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ । यो कर बैंकले बर्षभरी विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो ।
ग्लोबल आइएमई बैंकले गएको आवमा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा गरेको छ ।
यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो ।
बैंकले अघिल्लो आव २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो ।
२१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्रचार्य छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर