Skip to content

उपप्रधानमन्त्री श्रेष्ठद्वारा काजकिस्तान जाने तेक्वान्दो टोलीलाई शुभकामना

काठमाण्डु। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले खेलाडीहरू राष्ट्रको गौरव भएको र खेलकुद क्षेत्रले राष्ट्रिय एकताको सन्देश दिने बताउनुभएको छ। काजकिस्तानको अस्तानामा अगस्ट १८ देखि २७ सम्म आयोजना हुने ‘२२ औं वर्ल्ड तेक्वान्दो प्रतियोगिता’मा भाग लिन जाने खेलाडीहरूलाई सफलताको शुभकामना दिने क्रममा आज गृह मन्त्रालयमा आयोजित संक्षिप्त बिदाई समारोहमा उहाँले सो कुरा बताउनुभएको हो।

सरकारले आवश्यक नीति र योजना बनाएर खेल क्षेत्रलाई विशेष प्राथमिकता दिने पनि उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो। त्यसक्रममा उपस्थित खेलाडीहरूले गृहमन्त्रीको भ्रष्टाचारविरोधी अभियानलाई ताली पिटेर स्वागत गर्दै यसले जनतामा आशा र उत्साह पलाएको बताएका थिए।तेक्वान्दोका खेलाडीहरू रुविका खड्का (तौल समूह ४७), सुस्मिता थापा(५२), पुकार केसी(६४) र अजय बुढामगर(७०) सम्मिलित टोलीमा अम्पायर अन्जन धमला, कोच रुपसिंह मोक्तान तथा ‘अफिसियल’ धनबहादुर थापा र विक्रम बुढामगर हुनुहुन्छ। रुविका र सुस्मिता साफ प्रतियोगिताका ‘गोल्डमेडलिस्ट’ समेत हुन्। ९३ देशका नौसय बढी खेलाडी प्रतियोगितामा सामेल हुने जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर