Skip to content

पशुपति शर्मा र पुजा क्षेत्रीको मौलिक तिज गीत हाई मेरी गुन्टुरी सार्वजनिक

काठमाण्डु। गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट गीत के मा चित्त दुख्यो मयालैको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्षको तीजको कोसेली “हाई मेरी गुन्टुरी” लिएर आएकी छिन् ।
पशुपति शर्माका शब्दहरु साँगितिक खुराक ज्यादै स्वादिलो र रसिलो हुन्छ । यति बेला बजारमा तीजको गीतको एउटा बहार नै आएको छ । अझै तीज गीत आउन केहि साताको समय कुर्नै पर्छ । तरपनि बजारमा गीतको होडबाजीको दोहोरी चलिरहेको छ । यहि समयको गोञ्जागोल भित्र सामाजिक र एक प्रेमी प्रमिका बीच माया पिरतीको कहानीमा जोडिएका शर्माका शब्द र रचना एकदमै पृथक र अलग पहिचान रहेको पाइन्छ ।
हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित सर्जक तथा लोकदोहोरी गायक पशुपति शर्माको लय तथा शब्दमा पशुपति शर्मा र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको तीज गीत “हाई मेरी गुन्टुरी” पुजा क्षेत्री युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) बजारमा आएको छ । भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ः
समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् । मौसम हिमालीको निर्देशनमा मोडल रमेश बिश्वकर्मा र लालाना चिमरियाको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ ।
सुर्खेतमा जन्मिएकी पुजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचित क्षेत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन । उनले २५ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने ३० भन्दा बढि गीतहरुमा आवाज दिईसकेकी छिन् । उनले राजु परियार सँग गाएको के मा चित्त दुख्यो मयालै का मिलन लामा सँग गाएको तिम्रो माया र भुरुरु पुतली उड्यो बोलको गीत पनि चर्चामा रहेको थियो । हरितालिका तीज नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएकोले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउछिन् ।

उक्त भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर