Skip to content

माओवादी केन्द्रको गोरखा इन्चार्जमा दिपक कोइराला, संयोजकमा दिपक तिमिल्सिना

गोरखा। नेकपा माओवादी केन्द्र गोरखाको इन्चार्जमा दिपक कोइराला ‘रुपक ‘ संयोजकमा दिपक तिमिल्सिना `साकार´लाई जिम्मेवारी तोकिएको छ। शनिवार बसेको पार्टीको गण्डकी प्रदेश बैठकले उनीहरुलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टी रुपान्तरण सहितको शुद्धिकरण अभियानका लागी इन्चार्ज र संयोजक हेरफेर गरिएको बताइएको छ ।

‘यही भदौ १६ गतेबाट तीन महिने अभियान चल्दैछ,’ पार्टीका गण्डकी प्रदेश सदस्य अकुर तिमिल्सिनाले भने, ‘त्यसकै लागी इन्चार्ज र संयोजकको अन्तर जिल्ला सरुवा गरिएको हो ।’

गोरखाका पार्टी इन्चार्ज कोइराला कास्की जिल्लाका हुन् । उनी माओवादी केन्द्रका केन्दिय सदस्य पनि हुन् । पार्टीले संचालन गरेको तीन महिने अभियान अवधिभरका लागि कोइरालाई गोरखाको इन्चार्जको जिम्मेवारी दिइएको बताइएको छ ।

यसअघि गोरखा जिल्लाका पार्टी इन्चार्ज अमर तमुलाई नवलपुर खटाइएको उनले जानकारी दिए । उनका अनुसार अभियानका लागी प्रदेश समिति सदस्यको पनि कार्यबिभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर