Skip to content

पोखरामा सवारी दुर्घटनामा परी लम्जुङका दुई युवाको मृत्यु !

पोखरा। पोखरा महानगरपालिका ३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं.३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लम्जुङ दूधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोटरसाइकल रुपा गाउँपालिका ६  स्थित भित्री सडक खण्डमा सडकबाट अन्दाजी १०० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खस्न पुगेको थियो । दुर्घटना लगत्तै घाइतेहरुलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको थियो ।यद्यपि चिकित्सकले चेकजाँचका क्रममा दुबै जनालाई मृत घोषणा गरेका थिए । प्रहरीले दुर्घटनाको कारण बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर