Skip to content

यात्रुवाहक बसमा आगो लाग्दा बीस जनाको मृत्यु, पन्ध्र घाइते

इस्लामावाद ।  पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगो सल्केको थियो ।

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पु¥याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए ।दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो । दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् ।

अघिल्लो साता पञ्जाव प्रान्तमा भएका दुई हजार आठ सय ९३ वटा शृङ्खलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिएभने तीन हजार एक सय ११ जना घाइते भएका थिए ।आपत्कालीन सेवा विभागका अनुसार ९९ जनाको टाउको गम्भीर चोट लागेको, एक सय ८७ जनाका शरीरका विभिन्न भाग भाँच्चिएका, आठ सय ५० जना घाइते अस्पताल भर्ना भएका थिए । आठ सघ ९१ जना घाइते भने सामान्य उपचारपछि घर फर्केका छन् ।

यसैबीच, देशको उत्तरी वजिरिस्तानको गुल्मिर कोट क्षेत्रमा भएको बम विस्फोटमा ११ जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका एआरवाई न्युजले जनाएको छ । मजदुर चढेको एउटा भ्यानमा बम विष्फोट हुँदा उक्त हताहती भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । विष्फोटसम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

अघिल्लो साता वजिरिस्तानको बाजौरमा भएको ठूलो आत्मघाती विष्फोट भएको थियो। चुनावी सभामा सहभागी हुन गएकाहरूलाई लक्ष्य  गरी गराइएको उक्त विष्फोटमा २३ जना बालबालिकासहित ६३ जनाको मृत्यु भएको थियो । इस्लामिक स्टेट समूहले गराएको उक्त आक्रमणमा दुई सयभन्दा बढी घाइते भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर