Skip to content

गणतन्त्र ल्याउने शक्ति नेकपा हो। गणतन्त्र जोगाउने तागत पनि नेकपामा छ।

प्रचण्ड

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कस्तो राजनीतिक मान्यता अवलम्बन गर्ने र कस्तो पद्धति स्थापित गर्ने भन्ने विषयमा बहस भइरहेको बताएका छन् । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र समाजवाद उन्मुख व्यवस्थामा जाने भनेकाले त्यसै विषयमा नेकपामा बहस भइरहेको उनले बताए ।

कांग्रेसका पूर्वसांसद कौशर शाह तथा राजन झालगायतका नेतालाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा शनिबार दाहालले भने, ‘नेकपाभित्रको बहस समाजवादको यात्रामा कस्तो आर्थिक नीति हुने ? कस्तो राजनीतिक मान्यतालाई अवलम्बन गर्दै जाने ? कस्तो आचारसंहिता पालना गर्ने ? कस्तो विधिविधान र पद्धति स्थापित गर्ने ? भन्ने बहस छन् ।’

नेकपाभित्र पछिल्लो समय विवाद चर्किँदै गएको अवस्थामा दाहालको यस्तो भनाइ आएको हो । अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षबीच विवाद भइरहेको छ । लामो समयदेखिको विवादका बीच आइतबार नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको छ ।

लोकतान्त्रिक गणतन्त्रसामू बेलाबेला चुनौती आउने गरेको र तिनको सामना गरेर जाने शक्ति नेकपामा रहेको पनि दाहालको भनाइ थियो । गणतन्त्र ल्याउन नेकपाले महत्त्वपूर्ण संघर्ष गरेको र त्यसविरुद्धका चुनौतिको सामना गर्ने क्षमता पनि नेकपामै रहेको उनले बताए ।’संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने, फूलाउने, फलाउने र यो प्रणालीमार्फत देशमा आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर हामी अगाडि बढ्दैछौं । अगाडि बढ्ने क्रममा बेलाबेलामा चुनौति समस्याहरू आउँछन् । तर पनि ती चुनौति र समस्याको सामना गर्ने तागत कम्युनिस्ट पार्टीभित्रै छ । कम्युनिस्ट पार्टीले आफैभित्रबाट त्यो तागत पैदा गरेर समाजवाद उन्मुख राज्य निर्माणतर्फ उन्मुख हुनेछौं,’ दाहालले भने ।

पछिल्लो समय धर्मनिरपेक्षता र संघीय लोकतान्त्रिक गणतन्त्र ठीक नभएको भन्दै राजतन्त्रको पक्षमा सडक प्रदर्शन भइरहेको अवस्थामा दाहालको यस्तो भनाइ आएको हो ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता नेपालले जनताको समृद्धिको सपना साकार पार्नका लागि काम गर्नुपर्ने बताए । ‘सबै नेपाली सुखी हुन्, सबै नेपाली समृद्ध बनुन् भन्ने हाम्रो लक्ष्य हो । यो लक्ष्य साकार पार्नका लागि बोलीले मात्रै होइन कर्म र व्यवहारले नै सफल हुनेछौं भन्ने विश्वास दिलाउन चाहन्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर