Skip to content

गाेरखा दराैदी यातायात सेवा कम्पनी प्रा.लिको नवनिर्मित भवनको उद्घाटन

गोरखा। गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा.लिको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । सदरमुकाम स्थित गोरखा नगरपालिका–९ स्थित खोलखोलेमा रहेको नवनिर्मित भवनको एक कार्यक्रमका साधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका छन्।
भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदैँ श्रेष्ठले गोरखा दरौँदी यातायात सेवा प्रा.लिले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले तत्कालिन गोरखा यातायातले स्थापनाको समयदेखि नै निक्कै कठिनाई र चुनौतीहरु भोगेर अहिलेको अबस्थामासम्म आइपुगेको भन्दै संस्था र व्यवसायीहरुको हितमा निरन्तर दत्तचित्त भएर लाग्न पनि सवै व्यवसायीहरुलाई अनुरोध गरे।
‘मैले भन्दैपर्छ गोरखा जिल्लामा तत्कालिन पृथ्वीयातायातको सिण्डीकेटलाई तोडेर आम नागरिकहरुलाई सरल र सहज यातायात सेवा पुर्‍याउनका लागि संस्थाको स्थापना गरिएको थियो ।, श्रेष्ठले भने ।
यस अघि नै प्रा.लिले आफ्नो नाममा खरिद गरेको जग्गामा करिब १ करोड ५० लाख रुपैयाको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो । भवन उद्घाटन कार्यक्रम प्रा.लिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर