Skip to content

दुई ट्रक आपसमा ठोक्किदा १ जनाको मृत्यु

भरतपुर। पूर्वी चितवनको राप्ती नगरपालिका-३ झुरझुरेमा दुई ट्रक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भण्डाराबाट पूर्वतर्फ जादै गरेको प्रदेश २-३-००२ ख ५६०९ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक झुरझुरेस्थित बासुकी पेट्रोल पम्प अगाडि बिहान करिब ६:२५ बजेको समयमा ठोक्किएका हुन् । मृत्‍यु हुनेमा चालक जिल्ला नवलपुर गैडाकोट नगरपालिका-१ बस्ने ४३ वर्षको प्रकाश कुंवर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । दुर्घटनाबाट गम्भिर घाइते भएका कुँवरको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान मृत्यु भएको हो भने घाइते हुनेहरुमा प्रदेश २-३-००२ ख ५६०९ नम्बरको ट्रकका चालक जिल्ला बारा निजगढ ४ बस्ने बर्ष २८ को निकेश राउत कुर्मी र सहचालक जिल्ला रौतहट बौधिमाई-२ बस्ने १८ वर्षको रबिन कुमार यादवको उपचार भइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर