Skip to content

कार्यकर्तालाई ईटक‍ो जवाफ पत्थरले दिन प्रचण्डको उर्दी

बिराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले सोमबार विराटनगरको गरेको सन्देश सभामा ‘प्रचण्ड’ले गणतन्त्र ल्याउनेहरू रक्षात्मक र गाली गरेको भरमा आएकाहरू पार्टी हुने जस्तो विडम्बना देखिएको बताए ।

सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’ यस्ता प्रचार गर्नेहरू चाहिँ राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरू रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले । निरङ्कुशताका दलालहरू‘, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’

उनीहरूमध्येकै एकले नेपाली काँग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरूको मनोबल कस्तो रहेछ, तपाईँ हामी चाहिँ बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्‍यो ।’ भोलि सूदुपश्चिममा कार्यक्रम गरेसँगै सन्देश सभा सकिने भन्दै उनले लगत्तै बैठक बसेर सडकमा जाने कार्यक्रम बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर