Skip to content

ग्लोबल आइएमई बैंक अन्तरबैंक महिला फुटसल २०८० को बिजेता

काठमाण्डु। नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए । उक्त प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो । प्रतियोगितामा महिलातर्फको बिजेता हुनुका साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ । फाइनल खेलमा ग्लोबल आइएमई बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई २–१ ले हराएको हो । प्रतियोगिता भरी ग्लोबल आइएमई बैंकले आफनो सम्पूर्ण खेलहरुमा सहज जित निकालेको थियो ।

त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन । उनले ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधी पनि जितिन् । साथै, बैंकका तर्फबाट गोल रक्षक केष माया गुरुङ्गले सबै खेलहरुमा उत्कृष्ट बचाउ गर्नुका साथै फाइनल खेलमा आफ्नो टिमको तर्फबाट पेनाल्टी हाल्ने अवसरलाई गोलमा परिणत गरी टिमलाई बिजेता बनाउन महत्वपूर्ण भूमिका खेलिन् ।
बिजेता ग्लोबल आइएमई बैंकको तर्फबाट टिम कप्तान चन्द्रिका भट्टको नेत्तृवमा लुनिभा भुजुँ, पुष्पा कोईराला, शुभेक्षा बिडारी, राम कुमारी लिम्बु, केष माया गुरुङ्ग र शोभा न्यौपाने सहभागि भएका थिए । टिम ब्यवस्थापकको भूमिकामा गुन्जिता शर्मा र प्रशिक्षकमा सागरबहादुर सिंहको सहभागिता थियो । टिम प्रशिक्षक सिंहले उक्त प्रतियोगितामा आफ्नो टिमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर