Skip to content

प्रदेश संरचनालाई जनताले रुचाएनन्: मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

काठमाण्डु। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचना माथि जनताको धेरै प्रश्न उठेको र जनताले नरुचाएको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा बोल्दै पाण्डेले स्थानीय तहलाई नागरिकले रुचाए पनि प्रदेश संरचनालाई नरुचाएको बताएका हुन । पाण्डेले संघीयता हाम्रो चाहना हो कि होइन भन्दै बैठकमा प्रश्न पनि गरेका छन् । ‘’संघीयता संविधानमा लेखेकोले आत्मसात गरेको हौं वा हाम्रो यो चाहना पनि हो ?, ‘यसलाई हाम्रो इच्छाशक्ति छ कि छैन ? त्यसबारेमा अब विश्लेषण हुनुपर्दछ ।’ पाण्डेले बैठकमा भने । उनले प्रदेशले अधिकार नपाए प्रदेश सरकारको औचित्य नेदेखिने बताए । ‘प्रहरी समायोजन, संघीय निजामती कानुन र जग्गा प्राप्ति अधिकार प्रदेश सरकारले पाउन सकेन भने प्रदेश सरकार हामीले कल्पना गरेजस्तो काम गर्न सक्ने अवस्थामा रहँदैन । यी कानुन बनाउन सरकारले पहल गर्नुपर्‍यो हैन भने प्रदेश सरकार केही परिणम दिन सक्ने अवस्था छैन । औचित्यमाथि प्रश्न खडा भएको छ । प्रश्न उठ्नु स्वाभाविक हो भन्ने लाग्छ । किनकी हामीले नारा दिएर घरघरमा सिंहदरबार पुर्‍याउँछौँ भने पनि पुर्‍याउन सकेका छैनौं । म प्रदेशको मुख्यमन्त्री छु । हामीले चाहेर पनि गर्न सक्ने अवस्था छैन’’ पाण्डेले भने ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर