Skip to content

ब्याडे राँगोको आक्रमणबाट जिराभवानीमा एकजनाको मृत्यु

वीरगन्ज। पर्साको जिराभवानी गाउँपालिकामा ब्याडे राँगोको आक्रमणमा परि एकजनाको मृत्यु भएको छ ।जिराभवानी गाउँपालिका वडा नम्बर ५ हरैयाका ५५ वर्षिय बिजुली महतोको सार्वजनिक स्थानमा छाडिएको ब्याडे राँगोका आक्रमणबाट मृत्यु भएको हो । घर अगाडि आँगनमा बसिरहेका बेला राँगाको आक्रमणमा परेर गम्भीर घाइते भएका महतोको उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक नवलकिशोर साहले जानकारी दिनुभयो ।

यसैबीच दुइ हप्ताअगाडि सोही राँगोले हानेर सोही गाउँका बालेशवर दास पनि घाइते भएका थिए । आक्रमणमा दासको छाती र ढाडमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर