Skip to content

संविधान रक्षाको लागि कांग्रेश सडकमा

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका छन।पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेपाली कांग्रेस देवचुलीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधाननै च्यातेको आरोप लगाउँदै सरकारले घोषणा गरेको निर्वाचन हुने कुरामा विश्वास नभएको बताए ।

७० वर्षको संघर्ष पछी बनेको संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको हुँदा संविधानको रक्षा गर्न पनि कांग्रेस सडकमा आउनु परेको कोइरालाको भनाई थियो ।

यसैबीच केन्द्रीय समितिले निर्णय गरे अनुसार शनिबार पुर्वी नवलपरासीको आटवटै पालिकामा शनिबार विरोध प्रदर्शन गरिएको छ । जिल्लाको गैंडाकोट, देवचुलीको दुम्कौली, कावासोती, मध्यविन्दुको अरुणखोला, हुप्सेकोट, बुलिङ्गटार, बौदिकालीको डेढगाउँ र विनयी त्रिवेणीको सर्दिमा पालिकास्तरीय प्रदर्शन सम्पन्न भएको कांग्रेस पुर्वी नवलपरासीका सचिव बालकृष्ण घिमिरेले बताए ।हाम्राकुराबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर