Skip to content

एभरेष्ट बैंकमा आवद्ध ग्राहक तथा कर्मचारीलाई निरभाना फिजियोथेरापीमा भारी छुट

काठमाण्डु। एभरेष्ट बैंक लिमिटेड र लाजिम्पाटस्थीत निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौतामा हस्ताक्षर भएसँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरका विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छुन् । उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवा IPD-Advanced/Manual/Cupping/Laser Physiotherapy, Acupressure, Acupuncture, Moxibustion, Osteopathy, Neuro-Musculo-Skeletal & Cadio-Pulmo pain management, Overall Holistic Well Being (Osteo, Yogic & Marma) लगायत सेवामा १० प्रतिशत देखी २५ प्रतिशत सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो ।

यस बैंकले १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर